१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटो कालाेपत्रे गर्दा भ्रष्टाचार, डिभिजनल इन्जिनियरसहित चारविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ४ मधुवापुरअन्तर्गत सहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग तीन सय मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिडिई सचिन्द्रकुमार देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्स्ट्रक्सनका प्रोप्राइटर गोविन्दप्रसाद मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारका अनुसार देव, तत्कालीन इन्जिनियर राय र सबइन्जिनियर यादवले अनियमित तरिकाले निर्माण व्यवसायी मण्डललाई तीन लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएका थिए। उनीहरूविरुद्ध तीन लाख ४७ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।