१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी र उत्पादन सुरक्षित  नभएको किसानको गुनासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:११:oo

जिल्लाका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएकोे बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवद्र्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन नहुँदा किसानको समस्या समाधान हुन नसकेको बताएका हुन् ।अहिले भइरहेको कृषि उत्पादनको बजारीकरण हुन नसक्दा समस्या अझै बढ्दै गएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । 

जिल्लास्थित नेपाल किसान संघका सचिव इन्द्रमणि गैरेले किसानलाई दिने गरिएको अनुदानसमेत काटेर समस्या समाधान गर्छु भन्नु गलत भएको बताए । किसान दिनहुँ रुनुपर्ने अवस्था आउँदा समस्याको समाधान तीनै तहका सरकारले गर्नुपर्नेमा उनले जोड दिए । आधुनिक कृषि तथा ड्रागनखेती गर्दै आएका भरतपुरका शम्भु सुवेदीले कृषिलाई प्रांगारीकरण गरी कृषि र पर्यटनलाई सँगै लैजाने किसिमका कार्यक्रम आयोगले ल्याउनुपर्ने बताए । 

भरतपुर महानगरपालिका–६ का किसान केशवप्रसाद सापकोटाले सबैलाई पाल्ने किसान आफू भने सधैँ समस्याको चपेटामा पर्ने गरेको बताए । आयोगले किसानको समस्या समाधान गर्ने खालका नीति–नियम बनाई खेतबारीमा पुगेर कार्यान्वयनका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

ad
ad