१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी गडगडाउँदो खोला हो, कुवाजस्तो स्थिर भएर बस्दैन : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र कुवाजस्तो स्थिर भएर बस्न नसक्ने बताएका छन्।

साेमबार सहिद सप्ताहको अन्तिम दिन राष्ट्रिय सभागृहमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्। 

सहिद सप्ताहकाे अन्तिम दिन र दाेस्राे आजै बनेको नयाँ गठबन्धनका कारण आजकाे दिन आफ्ना लागि विशेष रहेकाे उनले बताए। नयाँ गठबन्धनप्रति लक्षित गर्दै उनले भने, ‘आजको दिन अलि विशेष रह्यो। २१ फागुनमा सुखानीमा सहादत प्राप्त गरेको दिन हाे। आजै नयाँ राजनीतिक परिस्थिति बन्याे। नयाँ राजनीतिक उथलपुथल भएको दिन पनि आजै।त्यसैले पनि याे दिन हाम्राे लागि विशेष रह्याे। माओवादी गडगडाउँदो खोला हाे। याे पोखरी वा कुवाजस्तो स्थिर भएर बस्न सक्दैन।’