मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेसुकै परिवर्तन भए पनि एमालेले मिसन ८४ छाड्दैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मिसन ८४ नछाड्ने बताएका छन्। माओवादी–एमालेको नयाँ गठबन्धन बनेसँगै एमालेको ‘मिसन ८४’को विषयमा चर्चा भइरहँदा ओलीले यो कायमै रहने प्रस्ट्याएका हुन्।

सोमबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै उनले मिसन ८४ चुनावमा बहुमत ल्याउने कुराभन्दा माथिको विषय भएको भन्दै यस्तो बताएका हुन्।

‘देशमा परिवर्तन आवश्यक छ, परिवर्तन हुन्छ। जेसुकै परिवर्तन भए पनि हामी मिसन ८४ छोड्दैनौँ। मिसन ८४ भनेको चुनावमा बहुमत ल्याउने कुरा मात्रै होइन, त्योभन्दा माथिको कुरा हो। राष्ट्रिय शक्ति एमालेलाई निर्णायक शक्तिमा परिणत गर्ने हाम्रो उद्देश्य हो। त्यो मापन गर्ने मात्रै हो निर्वाचनबाट,’ अध्यक्ष ओलीले भने।