मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २० आइतबार १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशका अधिकांश स्थानमा वर्षा, सोमबारदेखि मौसममा सुधार हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १९:१६:oo

संघीय राजधानी काठमाडौंसहित देशभर प्रि-मनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ। प्रि-मनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौंसहित देशभर वर्षा भएको हो। 'मार्च १ तारिखदेखि नै प्रि-मनसुन सुरु भइसकेकाले यो प्रि-मनसुन वर्षा हो। आज प्रि-मनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ।'

प्रि-मनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ। मार्च, अप्रिल र मे महिनालाई प्रि-मनसुन महिना मानिन्छ।

नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। आज देशभरका धेरै स्टेसनहरूमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताए।  

नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ। भोलि सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ। देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। रासस