१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २० आइतबार १६:१८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको पहिलो फेन्टासी एप ‘टिम ११’द्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २० आइतबार १६:१८:००

नेपालको पहिलो फेन्टासी एप ‘टिम ११’ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरेको छ।

आइतबार हायात प्यालेसमा एक कार्यक्रम आयोजना गरी टिम ११ ले एसियन गेम्स २०२३ मा भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देसाईलाई सम्मान गरेको हो।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रतिचौका रु. १० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रतिछक्का रु. २० हजार र विकेट लिने खेलाडीलाई प्रतिविकेट रु. २० हजार दिने घोषणा गरेको थियो।

घोषणाअनुरूप दीपेन्द्रसिंह ऐरीले २ विकेट र ४ छक्काबापत रु. १ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्काबापत रु. ७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्काबापत रु. ६० हजार, कुशल मल्लले २ चौका र २ छक्काबापत रु. ६० हजार तथा करन केसीले एक चौका र २ छक्काबापत रु. ५० हजार प्राप्त गरेका छन्।

त्यसैगरी, आसिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत रु. ३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्काबापत रु. ४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत रु. १० हजार पुरस्कार प्राप्त गरेका छन्।

सो अवसरमा राष्ट्रिय टोलीको कोच मोन्टी देसाईलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगिताहरूलाई समर्थन तथा सम्मान गर्दै आएको छ। यसअघि पनि नेपालका विभिन्न घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरूमा खेलाडीहरूको मनोबल उच्च पार्न पुरस्कार प्रदान गरेको थियो।