मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङको क्व्होलासोँथारमा १४औं पसगाउँ महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३२:oo

लमजुङको क्व्होलासोँथार गाउँपालिका–६ को पसगाउँमा १४औं महोत्सव सुरु भएको छ । शनिबार र आइतबार दुई दिन हुने महोत्सवको शनिबार प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै गुरुङले ग्रामीण होमस्टेको प्रवर्द्धन गर्न गाउँमा आयोजित मेला महोत्सवले सहयोग पुग्ने बताए । उनले भने अर्थतन्त्रलाई लयमा ल्याउन मेला महोत्सवले महत्वपूर्ण भुमिका खेल्नेछ । 

समुद्री सतहदेखि करिब १ हजार ६ सय ५० मिटर उचाइमा रहेको पसगाउँमा  कूल १ सय ४५ घरधुरी रहेकोमा २१ घरमा होमस्टे सञ्चालन गरिएको छ ।  ग्रामीण पर्यटन विस्तार गर्ने उद्देश्यले ०६० देखि महोत्सव निरन्तर हुँदै आएको छ । लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले महोत्सवमा स्थानीय हस्तकला, गुरुङ जातिको कला संस्कृति र भेषभूषा, स्थानीय खाना लगायतको प्रदर्शन गरिएको बताए । उनले भने 'ग्रामीण पर्यटनको विस्तार गर्ने, लोकसंस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रदर्शनी गर्ने, पसगाउँलाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।'

महोत्सवमार्फत पसगाउँको मौलिक संस्कृति कृष्ण चरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यहरूको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने विश्वास लिइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।