१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

करिब ३२ सय नागरिकलाई विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३२:oo

गुल्मीको इस्मा गाउँपालिकामा सञ्चालन भएको विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ३२ सय नागरिकले सेवा लिएका छन् । इस्मा गाउँपालिका र सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा महिला दुई हजार ३२ र पुरुष एक हजार एक सय ५५ गरेर तीन हजार एक सय ८७ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए ।

शिविर १७ र १८ फागुन गरेर दुई दिन सञ्चालन भएको थियो । अधिकारीका अनुसार शिबिरमा डाक्टरहरू सरोज कार्की, धीरज जोशी, श्रेयासी अर्याल, स्पन्दन अधिकारी, मनासिल मल्ल, रस्मित शाह, रोशन सापकोटा, प्रतिप धौलाकोटी, राकेशकुमार राय, प्रेमेन्द्र बिमल, मोहन विक र फलक सदिकलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेकाे थियो।

स्वास्थ्य संयोजक अधिकारीका अनुसार जनरल मेडिसिनतर्फ एक सय ३५, प्रसूती तथा स्त्रीरोगतर्फ दुई सय, बाल रोगतर्फ एक सय र शल्यक्रिया सर्जरीतर्फ एक सय पाँचजनाले सेवा लिएका छन् ।

त्यस्तै, मानसिक तथा नशा रोगतर्फ एक सय ५०, हाडजोर्नी तथा नशातर्फ पाँच सय १०, छाला तथा यौन रोगतर्फ एक सय १५, नाक कान घाँटीतर्फ एक सय २०, दन्त रोगतर्फ ८७, मुटु रोगतर्फ तीन सय ५०, आँखा परीक्षण एक सय २० र प्रयोगशाला सेवातर्फ दुई सय ६६ जनाले सेवा लिएको अधिकारीले बताए । भिडियो एक्सरे तीन सय १८, इको एक सय २२ र इसिजी एक सय २३ जनाले गरेका छन् । शिविर अत्यन्तै प्रभावकारी रहेको पालिकाको दावी छ । 

एक सय नौजना बिरामीहरूको २८ फागुनमा नि:शुल्क शल्यक्रिया 

शिविरमा स्वास्थ्य परीक्षणसँगै एक सय नौ जना विभिन्न रोगका बिरामीहरूको २८ फागुनमा काठमाडाैं मेडिकल कलेजले नि:शुल्क शल्यक्रिया हुने गाउँपालिकाको उपप्रमुख तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । उनीहरूलाई थप सहजीकरण गाउँपालिकाले गर्ने जनाएको छ । शिविरबाट इस्मासहित मालिका, धुर्कोट, मुसिकोट र रेसुंगाका नागरिकले सेवा लिएको कुँवरले बताइन् । 

गाउँपालिकाले प्रत्येक महिनाको एक दिन स्वास्थ्य चौकीहरूमा मेडिकल अधिकृत र प्रयोगशालासहितको शिविर गर्दै आएको छ । साथै, नेपाल नेत्र ज्योतिसंघ आँखा उपचार केन्द्रसँग सहकार्य गरेर इस्मा गाउँपालिकाका नागरिकहरूको लागि नि:शुल्क मोतियाबिन्दुको अप्रेसन गर्दै आएको छ ।

विशेषज्ञ सेवाकै लागि पाल्पा बुटवल धाउनुपर्ने नागरिकलाई शिविर निकै लाभदायक भएको हुने गरेको छ । शिविरहरु छोटो समयका लागि हुने भए पनि विशेषज्ञ डाक्टर भेटेर पाएको परामर्श निकै राम्रो भएको शिविरबाट फर्किएकाले प्रतिक्रिया दिए । शिविरको उद्घाटन पूर्वराज्यमन्त्री अमरसिंह पुनले गरेका थिए ।

ad
ad