Skip This
नेविसंघका आधा दर्जन नेता पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघका आधा दर्जन नेता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार २o:४२:oo

नेपाल विद्यार्थी संघका नेता पक्राउ परेका छन् । संसद् भवन नयाँ बानेश्वरअगाडि विरोध प्रदर्शन गर्ने क्रममा नेविसंघका आधा दर्जनभन्दा बढी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा मृत्यु भएको घटनाको वास्तविक छानबिनको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको थियो । त्यही क्रममा नेविसंघका केन्द्रीय सदस्यहरू विवेक लामिछाने, बिजेन केसी, वासुदेव न्याैपाने, पूजा फुँयाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यस्तै, भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सदस्य सुदीप ढुंगाना, नेविसंघ भक्तपुर जिल्ला सहसचिव मोहन कालाथोकी, नेविसंघ पोखरा विश्वविद्यालयअन्तर्गतको एनसिआइटी कलेजका इकाइ अध्यक्ष सन्तोष आचार्य, मोहम्मद अल्ताफलाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ । उनीहरूलाई तिनकुने प्रहरीवृत्तमा राखिएको छ । 

चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल १२ फागुनमा स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव भेटिएको पाँच दिनपछि मात्रै पोस्टमार्टम भएको थियो । 

चितवनमा भएको घटनाको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । मृतक पोखरेलको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । तर, विद्यालय प्रशासनले आत्महत्या गरेको दाबी गर्दै आएको छ । 

किशोरीले झुन्डिएर आत्महत्या गरेको भनिएको कोठाको ढोका परिवारको राेहवरमा खोल्नुपर्नेमा विद्यालय प्रशासनले नै ढोका फुटाएर खोलेको आफन्तको दाबी छ । घटनाको प्रकृति हेर्दा किशोरीले झुन्डिएको नभई सुनियोजित रूपमा हत्या गरिएको र आफन्तलाई झुक्याउन झुन्ड्याइएको परिवारको आरोप छ ।

घटनालगत्तै आफन्तले प्रहरीमा उजुरी दिन खोजे पनि प्रहरीले नमानेको परिवारको गुनासो छ । चौतर्फी दबाबपछि प्रहरीले तीन दिनपछि जाहेरी लिएको थियो । नेविसंघका केन्द्रीय सदस्य विजय ढुंगानाले निर्मला पन्त प्रकरणजस्तै यो घटनालाई बनाउन खोजिएको आरोप लगाए ।