Skip This
सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार १o:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १o:४३:oo

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरेको हो ।

बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गरे । यद्यपि, पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ ।

सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सिइओ शाहले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको बताए । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनको आग्रह थियो ।