१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१६ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१२:oo

आयोजक नेपाली यू–१६ महिला टोली घरेलु मैदानमा हुने साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न तयार छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा २७ फागुनसम्म चल्ने प्रतियोगितामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्नेछ । नेपालका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारी भएको बताए । ‘हामीले एक महिनाको तयारी गरेका छौँ, यसपटक नेपाल बलियो छ,’ तामाङले भने, ‘हामीले घरेलु मैदानको फाइदा लिनेछौँ ।’

नेपालकी कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएको र टोली बलियो रहेको बताइन् । ‘प्रतियोगितामा चुनौती धेरै छन्, हामीले घरेलु मैदानमा राम्रो गर्ने योजनाका साथ मिहिनेत गरेका छौँ,’ प्रतियोगिताअघि बिहीबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान बुढाथोकीले भनिन् । नेपालले सन् २०२२ मा साफ यू–१५ च्याम्पियनसिप जितेको थियो । नेपालले उपाधि जित्दा उनी सदस्य थिइन् ।

नेपालका प्रशिक्षक तामाङले लामो समयदेखि प्रशिक्षण भइरहेकाले त्यसको फाइदा लिने बताए । प्रतियोगिता अब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । यसअघि एन्फाले प्रतियोगिता च्यासलमा हुने जनाएको थियो । तर, एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने जनायो । त्यसपछि खेल एन्फा कम्प्लेक्समा सारिएको हो । 

बंगलादेशका प्रशिक्षक साइफुल बरी तितुले आफ्नो टोली एकेडेमीका खेलाडी नभएकाले केही चुनौती रहेको बताइन् । यद्यपि, दक्षिण एसियाली क्षेत्रमा बंगलादेशको महिला फुटबल टोलीले राम्रो नतिजा निकालिरहेको उनले बताइन् । 

ad
ad