१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३२:oo

काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । मंगलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा सुरु गरेको हो । 

विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औँला र चोर औँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा विस्तार गरिने छ । इविपिएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछन् । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेस गरिन्छ । 

सामान्यतया, यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएको हुन्छ । यसरी पठाएको विवरण ठीक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । पाण्डेले भने, ‘महानगर आउँदा घरधनीले लालपुर्जा र नापीनक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’

यो प्रणाली अहिले सम्पत्ति करमा आबद्ध भइसकेको छ । बैंकिङ प्रणालीसँग अटोमेसन पनि भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनुपर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकाले प्रमाणीकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नम्बर) राखिसकेपछि मात्र पेज खुल्छ ।

ad
ad