१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१६ को तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १८ देखि २७ फागुनसम्म उपत्यकामा आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको बताएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को क्यालेन्डरअनुसार एन्फाले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित चार टोली छन् ।

नेपाल, भुटान, भारत र बंगलादेश सम्मिलत प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा आयोजना हुनेछ । जसको शीर्ष दुई टोलीले उापधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । 

सहभागी टिम आइसकेका छन्,’ प्रवक्ता सुरेश शाहले भने, ‘हामीले खुलाबाट खेलाडी छनोट गरेका हौँ । उपाधि जित्ने लक्ष्यसहित प्रतियोगिता खेल्नेछौँ,’ शाहले भने । प्रतियोगिता यसअघि ललितपुरको च्यासल रंगशालामा हुने भनिए पनि मैदानको अवस्था जीर्ण हुँदा साफले एन्फा कम्प्लेक्समा आयोजना गर्न स्वीकृति दिएको हो । एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने बताएको थियो । एन्फाले प्रतियोगिताको अनुमानित बजेट दुई करोड १२ लाख २० हजार ९०० रुपैयाँ रहेको बताएको छ । 

ad
ad