१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नागरिक फुटपाथमै हिँड्न पाउने, ‘प्रवेश निषेध’ हटाइयाे (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५८:oo

चौतर्फी विरोध भएपछि बानेश्वर, सिंहदरबार र अनामनगर क्षेत्रका फुटपाथमा डोरी टाँगेर लगाइएको निषेधित क्षेत्र लेखिएका पम्प्लेटहरू अहिले हटाइयाे

सरकारले काठमाडौंको सिंहदरबार र बानेश्वरको संसद् भवनपरिसरको फुटपाथमा लगाएको ‘प्रवेश निषेध’ हटाएकाे छ । आन्दोलनरत लघुवित्त तथा सहकारीपीडितहरू गत सोमबार संसद् भवनपरिसरमा छिरेको घटनालाई लिएर सरकारले सुरक्षाका नाममा सर्वसाधारणलाई सिंहदरबार र बानेश्वरमा रहेकाे संसद् भवनपरिसरको फुटपाथमा ‘प्रवेश निषेध’ गरेको थियो । 

फुटपाथमा ‘प्रवेश निषेध’ गरेर सरकारले सर्वसाधारणलाई सास्ती दिने काम गरेको भन्दै यस कार्यको चौतर्फी विरोध भएको थियो । चौतर्फी विरोध भएपछि बानेश्वर, सिंहदरबार र अनामनगर क्षेत्रका फुटपाथमा डोरी टाँगेर लगाइएको निषेधित क्षेत्रका पम्प्लेटहरू अहिले हटाइएको छ ।

फुटपाथमा हिँड्न निषेध गरेपछि बटुवाहरू सडकमै जोखिम मोलेर यात्रा गरिरहेका थिए । यसअघि फुटपाथमा हिँड्नेहरूलाई प्रहरीले केरकार गर्दै निषेधित क्षेत्रमा नहिँड्न चेतावनी दिँदै आएको थियो । जसले गर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको थियो । 

 

 

ad
ad