१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुलेखानी–फाखेल सडक आजदेखि खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५३:oo

सडक स्तरोन्नतिको काम चलिरहेका कारण दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि सुचारु हुने भएको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो ।बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । प्रदेश राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बुधबारबाट सुचारु हुने भएको हो । 

यस सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नतिका लागि भन्दै गएको पुस १६ गतेदेखि मकवानपुरतर्फको कुलेखानी–फाखेल–हुमाने भञ्ज्याङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको थियो ।
गाउँपालिकाद्वारा जारी सूचनामा उक्त सडक भएर आवतजावत गर्ने यात्रुहरूको समस्या एवं होटेल व्यवसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यवसायीहरूको असुविधालाई ध्यानमा राखी यातायात सुचारु गर्न लागिएको उल्लेख गरिएको छ ।

कुलेखानी–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडक एक साता बन्द
यता मकवानपुर भएर काठमाडौं जोड्ने अर्को छोटो दूरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडकखण्ड भने एक साताका लागि बन्द गरिएको छ । उक्त सडक स्तरोन्नतिको काम चलिरहेको भन्दै मंगलबारदेखि एक साताका लागि बन्द गरिएको हो । 

महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडकको मातातीर्थ सडकखण्डमा स्तरोन्नतिको काम भइरहेकाले बन्द गर्न लागेको इन्द्रसरोवर–५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिए । उनले मातातीर्थ सडकखण्डमा रोलर ग्रेडरसहित सब–बेस रोलिङ गर्ने काम भइरहेको बताए ।

ad
ad