Skip This
नेविसंघमा कांग्रेसको गुटको छाया : विस्तारको सात महिनामा पहिलो केन्द्रीय समिति बस्दै, समानान्तर बैठकको तयारीमा इतर समूह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १५ मंगलबार o९:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेविसंघमा कांग्रेसको गुटको छाया : विस्तारको सात महिनामा पहिलो केन्द्रीय समिति बस्दै, समानान्तर बैठकको तयारीमा इतर समूह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार o९:o९:oo

कांग्रेस भ्रातृ संस्था नेवि संघमा केन्द्रीय समिति विस्तारको सात महिनामा आजका लागि तय केन्द्रीय समिति बैठक पार्टी गुटको छाया देखिँदा विवादित बनेको छ । केन्द्रीय समिति बैठक बहिष्कार गरेर शेखर–गगन समूह (संस्थापन इतर) निकटले समानान्तर बैठकको गर्ने घोषणा गरेपछि नेवि संघमा स्पष्ट दुई गुट देखापरेको हो ।

अध्यक्ष दुजाङ शेर्पाका अनुसार पहिलो बैठक प्रज्ञा प्रतिष्ठानमा बस्दै छ । बैठकमा असारमा महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव लाने तयारी छ । इतर निकटले भने अध्यक्ष शेर्पाले बैठकबारे छलफल नगरेको र विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै बहिष्कार गरी समानान्तर बैठक गर्ने भएको छ । केन्द्रीय सदस्य भुवन भट्टका अनुसार विवाद समाधान गरेर महाधिवेशन गर्नुपर्नेमा फरक विचार समूहलाई बेवास्ता गर्दै अगाडि बढेकाले विरोधस्वरूप समानान्तर बैठक राख्न लागेको बताए । केन्द्रीय समिति बैठक भनिएको छ, तर फरक विचार समूहसँग छलफल नै गरिएको छैन । त्यसको विरोधमा हामी छुट्टै बैठक राख्दै छौँ । विधान पालनाका लागि दबाब दिने र महाधिवेशनउन्मुख गराउने निर्णय गरेर अगाडि बढ्ने हाम्रो तयारी हो,’ केन्द्रीय सदस्य भट्टले भने । 

अध्यक्ष शेर्पाले जिल्ला सभापतिबारे निर्णय गर्दा सम्बन्धित जिल्ला सभापतिको सिफारिसलाई नमानेर गुटगत पूर्वाग्रह राखेर एकलौटी निर्णय गरेको इतरको आरोप छ । इतर पक्षले काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, वारा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लगायतका जिल्लामा सभापतिको सिफारिसविपरीत अध्यक्ष मनोनीत गरेको आरोप लगाएका छन् । ०७३ पछि नियमित अधिवेशन रोकिएको नेवि संघमा गत २२ साउनमा सात सय दश केन्द्रीय सदस्य घोषणा गरिएको थियो । तर, विस्तारको लामो समयसम्म पनि केन्द्रीय समिति बस्न नसक्दा अलमलको अवस्था रहँदै आएको थियो । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहले लगातार असन्तुष्टि र विरोध गरेको थियो । समिति विस्तारलगायतका विषयमा असन्तुष्ट बन्दै आएको इतर निकटले सामानन्तर गतिविधि गर्दै आएको थियो । यसक्रममा सात केन्द्रीय सदस्यले राजीनामासमेत दिएका थिए । यसबीचमा पार्टी केन्द्रीय कार्यालयको रोहबरमा विवादलाई साम्य बनाइएको थियो ।

०७३ मा सम्पन्न महाधिवेशनको साढे दुई वर्षपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । १६ माघ ०७६ मा राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाइएको थियो । तर, महाधिवेशन हुनसकेको थिएन । कांग्रेसको महाधिवेशनबाट ढुंगाना केन्द्रीय सदस्य बनेपछि ९ चैत ०७८ मा सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई तदर्थ समिति अध्यक्ष बनाएका थिए । त्यसयता पटक–पटक तदर्थ समितिको म्याद थप गरिएको थियो । तर, महाधिवेशन अनिश्चित बन्दै आएको थियो । महासमिति बैठकमा अध्यक्ष शेर्पाले १५ चैतबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने र ११ असार ०८१ मा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका थिए ।