१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हालसाबिकको क्रममा चार सय रोपनी सरकारी जग्गा व्यक्तिको नाममा, १७२ जनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गराई भ्रष्टाचार गरेको अभियोगमा झापाको नापी र मालपोतका कर्मचारीसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ का विभिन्न स्थानका झन्डै चार सय रोपनी गैरकानुनी रूपमा व्यक्तिको नाममा ल्याएको भन्दै अख्तियारले नापी कार्यालय चन्द्रगढी, नापी कार्यालय दमक र मालपोत कार्यालय दमकका कर्मचारीसहित १७२ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२०२१ सालको सुरु नापीका वेला दमक नगरपालिका वडा नं. १३ र १४ बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ)का विभिन्न कित्ताका २९ बिघा १७ कट्ठा चार धुर (३९७ रोपनी आठ आना एक पैसा तीन दाम) सार्वजनिक जग्गा व्यक्तिको जग्गामा घुसाई भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारले जनाएको छ।

नापी कार्यालय चन्द्रगढीका कर्मचारीहरू १० जना, मालपोत कार्यालय दमकका कर्मचारीहरू ११ जना, नापी कार्यालय दमकका कर्माचारीहरू सातजना, सुरु जग्गा दर्तावाला ३६ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि १०८ जना गरी १७२ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।