१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १३ आइतबार ०९:४७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, लेबनानसँग खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १३ आइतबार ०९:४७:००

अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिप २०२४ को समूह ‘बी’ विजेता बनेको छ । साउदी अरेबियाको रियादमा प्यालेस्टाइनलाई हराउँदा स्ट्राइकर सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र रक्षक गीता रानाले समान एक गोल गरेका थिए ।

शनिबार राति प्यालेस्टाइनलाई हराउँदा नेपाल अपराजित रहँदै समूह विजेता बनेको हो । समूह ‘बी’ नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो ।

एक खेलअघि नै सेमिफाइलनमा पुगेको नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता लेबनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्नेछन् ।