१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु, निर्णायकमा विनोद ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१९:oo

युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सहआयोजनामा हुन लागेको रियालिटी साे ‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु भएको छ।

सिक्किमबाट सुरु गरिएको अडिसन दार्जिलिङ, सिलिगुढी र बिर्तामोडमा सकिएको छ। आइतबार इटहरीमा अडिसन हुने बताइएको छ। यो साे एपी वान टेलिभिजनमार्फत अप्रिलबाट प्रसारणमा आउनेछ।

नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले जानकारी दिए। इभेन्ट निर्देशक डेभिलसिंह राजपूतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण साेले दिने बताए।

गायक, संगीतकार तथा र्‍यापर विनोद ढकालसमेत निर्णायक रहने उक्त अडिसन इटहरीपछि झापा, जनकपुर, चितवन, पोखरा हुँदै अन्त्यमा काठमाडौंमा हुनेछ।

फागुन १३ गते इटहरीको होटेल मादेन इन, फागुन १५ गते जनकपुरको होटेल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाइडस्थित क्लब सिक्स्टिन र २१ एवं २२ फागुनमा काठमाडौंमा हुने बताइएकाे छ।