१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o८:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२९:oo

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । दुई सय ८७ मतसहित ढुंगाना अध्यक्षमा निर्वाचित हुदा उनका निकटम प्रतिस्पर्धी डेजी पाण्डेयले दुई सय १८ मत पाए ।अध्यक्षका अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद जोशीले ६३ मत पाएका छन्।अध्यक्षमा निर्वाचित ढुंगाना एमालेको पूर्वप्रदेश सचिवालय सदस्य हुन् । त्यस्तै पाण्डेय निवर्तमान जिल्ला कार्यसमिति सचिव र जोशी कार्यवाहक अध्यक्ष हुन् ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा तीनै जनाले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही एक सय ९३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर विष्टले एक सय ८८ पाए । त्यस्तै उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी दुई सय ४३ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत र अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्।

उपसचिव खुलामा ढुंगाना प्यानलकै चुडामणी भट्ट विजयी भए । उनले दुई सय ५१ मत पाए । प्रतिस्पर्धी भुवन रिजालले एक सय २३ मत पाए । उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन ।महिला उपसचिवमा गंगाकुमारी चौधरी विजयी भइन । उनले एक सय ९६ मत प्राप्त गरिन । निर्वाचन समितिका अनुसार महिला उपसचिवका उम्मेदवार शान्तीदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका बिष्टले ९० मत पाएकी छन् ।

जिल्ला अधिवेशनमा पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । एमाले जिल्ला अधिवेशन गत ६ फागुनमा सुरु भएको थियो । अधिवेशन दुई दिनलाई निर्धारण गरिए पनि सहमतिको प्रयास र प्रतिनिधिको छनोटको विवादले शुक्रवार निर्वाचन भएको हो । कार्यसमिति सदस्यको मतगणना सम्पन्न भएको छैन ।