मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजक केपी ओली एफसी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

केपी ओली फुटबल क्लब दोस्रो केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा एम्प्लेक्समा अनन्त तामाङको कप्तानीमा रहेको केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराएको हो।

उद्घाटन खेलमा जया गुरुङले दुई गोल गर्दा विदेशी खेलाडी फोडे फोफानाले एक गोल गरे। आजको विजेता आयोजक केपी ओली एफसीले क्वार्टरफाइनलमा जावलाखेल युथसँग खेल्नेछ।

पराजित चर्च ब्वाइज भने प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ। चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागितामै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो। त्यति वेला अनन्त नै चर्च ब्वाइजको कप्तान थिए।

प्रतियोगिताको दोस्रो र तेस्रो खेल आइतबार हुनेछ। न्युरोड टिम एनआरटी र थ्री स्टार तथा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

सहिद स्मारक ए डिभिजन लिगका आठ तथा भारतीय दुई गरी प्रतियोगितामा दश टोली सहभागी छन्। १९ फागुनसम्म हुने प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्।

पहिलो संस्करणमा सातदोबाटो युथलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब च्याम्पियन बनेको थियो।