मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थापाथली प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १७:२९:oo

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालपरिसरबाट एक बच्चा चोरी भएको छ।

काभ्रेबाट उपचारका लागि प्रसूतिगृह ल्याइएको २६ दिनको बच्चा शुक्रबार बिहान करिब ११ बजे चोरी भएको हो। बच्चालाई जन्डिस भएपछि तीन दिनअघि बच्चाको आमा र सानीआमाले अस्पताल ल्याएका थिए। त्यसकाे फलाेअपका लागि उनीहरू शुक्रबार अस्पताल आएका बताइएको छ।।

सानीआमा रिपोर्ट लिन गएको र आमा बच्चालाई घाममा राखेर डाइपर फोहोरमा फाल्न जाँदा छेउमै बसिरहेकी एक अपरिचित महिलाले बच्चा उठाएर हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।