१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ११ शुक्रबार ०८:५४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्रले उचाल्यो बागमती गोल्डकपको उपाधि

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ११ शुक्रबार ०८:५४:००

मच्छिन्द्र फुटबल क्लबले बिहीबार छैटौँ बागमती गोल्डकप फुटबल प्रयितोगिताको उपाधि हात पारेको छ । मकवानपुरमा दुई साताको अन्तरमा दोहोरो उपाधि जित्ने अभियानमा रहेको नेपाल एपिएफ क्लबलाई फाइनलमा मच्छिन्द्रले ४–० को फराकिलो अन्तरले हराएको हो । मकवानपुरमा मच्छिन्द्रले पहिलोपटक गोल्डकपको उपाधि जितेको हो । गत २७ माघमा एपिएफले मकवानपुर गोल्डकपको उपाधि हात पारेको थियो । मच्छिन्द्रको जितमा विदेशी खेलाडीहरू नायक रहे । क्रिस्टोफर चिजोवाले दुई गोल र करिमले एक गोल गरेका थिए । एपिएफका एक खेलाडीले आत्मघाती गोल गर्दा मच्छिन्द्रले उपाधि भिडन्तमा ४–० को बाजी मारेको हो । 

खेलको १४औँ मिनेटमा मच्छिन्द्रले १–० को अग्रता लियो । मच्छिन्द्रलाई करिमले अग्रता दिलाएका थिए । उनले मैदानको लगभग मध्य भागबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो । उनले प्रहार गर्दा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ डिबक्सभित्र आफ्नो पोसेसनमा थिएनन् । उनको यसै गल्तीमा करिमले उत्कृष्ट गोल गरेका हुन् । खेलको ५७औँ मिनेटमा क्रिस्टोफरले मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । उनले खेलकोे ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यसअघि खेलको ६२औँ मिनेटमा मच्छिन्द्रले आत्मघाती गोल उपहार पाएको थियो ।

  उपाधि विजेताले पायो १० लाख
बागमती गोल्डकपको विजेता मच्छिन्द्रले १० लाख रुपैयाँ पाएको छ । उपविजेता बनेको एपिएफले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका उत्सव राई घोषित भए । उनले एक लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपिएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, स्ट्राइकर मच्छिन्द्रका हिसुव थपलिया भएका छन् । च्याम्पियन टोलीका प्रशिक्षक सन्तोष न्यौपाने नै प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षक घोषित भए ।