१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ११ शुक्रबार ०७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ११ शुक्रबार ०७:५३:००

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका– ४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । 

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका वेला खिचिएका अन्तरंग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोंगबुबाट पक्राउ गरिएको जनाइएको छ । 

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एकजना पक्राउ परेका छन् । नवलपरासीको गैँडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका वेला पक्राउ गरिएको हो ।