१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यातायातमन्त्री ज्वालाबारे समाजवादी अनिर्णीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार ०७:३५:००

सत्तारूढ दल एकीकृत समाजवादीको सचिवालय बैठकले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबारे कुनै पनि निर्णय गरेको छैन । पार्टीका उपमहासचिवसमेत रहेका ज्वालाबारे सरकारी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन विस्तृत अध्ययन गर्न बाँकी रहेकाले निर्णय गर्न नसकिएको समाजवादीले जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा ज्वालाको विषयमा सामान्य छलफल भएको थियो । कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी पार्टीलाई नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकपछि जानकारी दिए ।

गत १३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै विपक्षी दलहरूले संसद्मा राजीनामा मागेका छन् । यसअघि संसद्मै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।