Skip This
मध्यान्तरसम्ममा नेपाल ४ - ० इराक, चारै गोल सावित्राको नाममा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Monday, 12 May, 2025
रमेश सुवेदी काठमाडौं
२o८o फाल्गुण १० बिहीबार २o:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मध्यान्तरसम्ममा नेपाल ४ - ० इराक, चारै गोल सावित्राको नाममा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार २o:४१:oo

स्ट्राइकर सावित्रा भण्डारीले चार गोल गरेपछि वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत इराकविरुद्धको खेलमा नेपालले पहिलो हाफमा ४–० को अग्रता लिएको छ। 

१४, १६, ३७ र ४४औँ मिनेटमा सावित्राले इराकको पोस्टमा गोल गरिन्। उनले ३७ मिनेटभित्रै ह्याट्रिक पूरा गरेकी थिइन्। सावित्राको खट्टाबाट एकपछि अर्को गोल निस्किएको खेलमा नेपालको मध्यक्रमले पनि निकै आक्रामक फुटबल खेलिरहेको छ। 

साउदी अरेबियाको रियादमा जारी खेल नेपालले पूर्णतः नियन्त्रणमा राखेको छ। दुई मिनेटभित्र सावित्राले दुई गोल गरेपछि नेपाल सहज स्थितिमा पुगेको थियो। 

सावित्राले खेलको १४औँ मिनेटमा पहिलो गोल गरिन्। दीपा शाहीले मध्यभागबाट काउन्टर अट्याकमा बल उपलब्ध गराएपछि सावित्राले अगाडि बढाउँदै इराकका तीन खेलाडीलाई बिट गरेर सहज गोल गरेकी हुन्। 

दुई मिनेट पूरा हुन नपाउँदै युरोपेली लिग खेलिरहेकी सावित्राले दोस्रो गोल गरिन्। इराककी रक्षक दिरिन मुलाबाकरबाट बल खोस्दै सावित्राले पहिलो बारबाट सहज फिनिसिङ गरिन्। उनी यसै प्रतियोगिताको लागि फ्रेन्च लिग छाडेर साउदी अरेबिया आइपुगेकी हुन्। 

खेलको ३७औँ मिनेटमा सावित्राले ह्याट्रिक गोल गरिन्। पूजा रानाले दायाँ भागबाट मिलाएको बललाई सिक्स यार्ड बक्सबाट सावित्राले हेडर गोल गरेकी हुन्। 

४४औँ मिनेटमा सावित्राले चौथो गोल गरिन्। गोलकिपर जाहरा अल सादेईले आफ्नै प्रहार रोकेर आएको रिबाउन्डलाई सावित्राले सानदार एक्रोब्याटिक गोल गरेकी हुन्।

यसअघि खेलको २५औँ मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नर बल दोस्रो बारमा लागेर फर्किएपछि नेपालको तेस्रो गोल असफल भएको थियो। पहिलो खेलमा सिरियाविरुद्ध पनि अनिताले कर्नरबाटै विश्वस्तरीय गोल गरेकी थिइन्। 

पहिलो हाफमा इराकले एक मात्रै अवसर बनाएको थियो। रक्षक गीता रानालाई बिट गर्दै सोखन सालिहीले हानेको प्रहार गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै संकट टारेकी थिइन्। 

नेपाल लगातार दोस्रो खेल जित्दै सेमिफाइनल पुग्ने योजनामा छ। समूह ‘बी’ को पहिलो खेलमा सिरियाविरुद्ध नेपाल ४–१ ले विजयी भएको थियो। गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा पहिलोपटक प्रतियोगिता खेल्न पुगेको नेपालले ऐतिहासिक उपाधि जित्ने लक्ष्य बनाएको छ। 

महिला फुटबलको ३८ वर्षे इतिहासमा नेपालले दशपटक विभिन्न प्रतियोगिताको फाइनल खेलेपछि हालसम्म उपाधि जित्न सकेको छैन।