Skip This
बालकुमारी घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १० बिहीबार १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकुमारी घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १५:३२:oo

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद्समेत अवरोध गरेपछि सभामुख घिमिरेले घटनाबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। 

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले सरकारका तीनजना मन्त्रीको राजीनामा माग गरेका थिए। बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा गरे।

साथै, उनले अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने जिकिर गरे।   

बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले प्रतिपक्ष दलले संसदमा राखेका विषयको सुनुवाइ नभए संसद् र सडक अवरुद्ध गर्ने चेतावनी दिए।  रास्वपाका सांसद राजभक्त श्रेष्ठले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाए। सांसद श्रेष्ठले मिटरब्याजपीडितहरूले न्याय नपाएर आन्दोलन गरे पनि सरकारले न्याय दिन नसकेको भन्दै ध्यानाकर्षण गराए।