१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १० बिहीबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १० बिहीबार १५:२४:००

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा ब्युरोले नुवाकोट शिवपुरी गाउँपालिका– ४ घर भई काठमाडौं टोखा नगरपालिका– ११ बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार फेसबुकबाट साथी बनेका महिलाका गोप्य फोटो तथा भिडियो थापाले सम्बन्ध बिग्रिएपछि पीडित महिलाका आफन्त र परिवारलाई पठाई चरित्रहत्या गरेको भनी उजुरी परेको थियो।

उजुरीपछि पुस ८ गते मुद्दा दर्ता भई फरार रहेका थापालाई फागुन ९ गते गोंगबुबाट पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ।