मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १९ मंगलबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद आरजु भन्छिन् - व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दुष्प्रचार भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १९ मंगलबार १७:५२:००

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने प्रयास भएको बताएकी छिन्। 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कसैलाई पनि त्यस्तो अधिकार नरहेको बताएकी छिन्। केही व्यक्तिले आफूलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाएको र त्यस्ता आरोपलाई मिडियाले स्थान दिएकोमा भन्दै उनले दुःख व्यक्त गरेकी छिन्।

यस्तो छ, राणाको प्रेस विज्ञप्ति

पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार छैन।

नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचारहरू दिन सकिन्छ, तर नियोजित रूपमा मविरुद्ध व्यक्तिगत मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादहरूमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेग सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

हरेकजसो अन्तर्वार्तामा केही व्यक्तिहरू नियोजित रूपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलाैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आमसञ्चारमाध्यमलाई आग्रह गर्दछु।
जय नेपाल ।

डा. आरजु राणा देउवा
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति : २०८० वैशाख १९ गते