१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५८:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

१५औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

१५औँ राष्ट्रिय बालनाटक महोत्सव २०८० मा ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषणा भएको छ। २ फागुनबाट सुरुवात भएको महोत्सवमा विभिन्न प्रतियोगी तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए।

शैली थिएटर, रुसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एन्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा महोत्सव सम्पन्न भएको हो। 

प्रतियोगिताको समापनको प्रमुख अतिथ्यता अशेष मल्लले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा किशोर अनुराग र बाबा बस्नेत रहनुभएको थियो। 

माउन्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक ‘आँधीको मनोरम नृत्य’ घिमिरे युवराजले लेखेका हुन् भने प्रेमप्रसाद खतिवडाले निर्देशन गरेका हुन्। 

प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चाबहिलको नाटक ‘अनिश्चित सोच २११२’ बाट इच्छा सिंह पुरस्कृत भए। 

अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक ‘हेप्पी बर्थ डे’ले पायो भने बालनाटक प्रोत्साहन पुरस्कार यु वेस्ट प्वाइन्ट आवासीय माविले तयार पारेको ‘विकाससँगै विकृति’ले प्राप्त गर्‍यो।

नाटक विधातर्फकै उत्कृष्ट अभिनेत्रीमा ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ‘ढुंगाको खिचडी’बाट दिव्यान्का ओझाले प्राप्त गरिन्। उत्कृष्ट अभिनेताको पुरस्कार आकाश गंगा इन्टरनेसनल स्कुलको नाटक ‘मुकुट’का यमन नगरकोटीले प्राप्त गरे। 

यसैगरी, बेस्ट ओर्जिनल राइटिङ अवार्ड काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘फूलको भाषा’ ले पाउँदा बेस्ट कल्चरल अवार्ड रेड स्टार बोर्डिङ स्कुल मोरङको नाटक ‘हेत्छाकुप्पा’ले पायो।

बेस्ट भोलेन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक ‘देवकी’ले, बेस्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक ‘ड्याम भर्सेस मम’ले पाएको छ। 

प्रतियोगितामा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्रसहित पुरस्कृृत गरिएको थियो। 

कार्यक्रममा साहित्यकार महेश पौड्यालले विगत १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटकको सफलता सँगसँगै अनवरत निरन्तरताको कामना गरे। 

प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैँ अमर रहने विश्वास व्यक्त गरे। विगत १५ वर्षदेखि विभिन्न संघसंस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बालनाटक महोत्सव गर्दै आएको छ।