Skip This
गण्डकी प्रदेशले जित्यो राइनो कप गोल्डकपको उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ९ बुधबार २o:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशले जित्यो राइनो कप गोल्डकपको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार २o:४२:oo

छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो। 

उपाधिसँगै गण्डकीले नगद आठ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाइस बिघाले चार लाख हात पारेको छ। 

प्रतियोगितामा विभागीय टिम प्रदेशस्तरको टिमसहित १२ टिमको सहभागिता थियो।

विश्वकै दुर्लभ एकसिँगे गैँडा संरक्षणको उद्देश्य राखेर विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।