सुखद भएन वार्नर र अलामको एनपिएल डेब्यु

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नर तेस्रो नेपाल प्रिमियर लिगमा सबैभन्दा ठुलो नाम गरेका खेलाडी हुन् । काठमाडौं गोर्खाज्ले उनलाई गत महिना नै आबद्ध गरेको घोषणा गरेको थियो । वार्नरको अनुबन्धले यसपटक एनपिएलमा नाम चलेका क्रिकेटर आउने पक्का भइसकेको थियो । विशेषतः टी–२० फर्म्याटमा वार्नर आक्रामक ब्याटिङका लागि चिनिन्छन् । विश्व चर्चित इन्डियन प्रिमियर लिगमा फरक तीन फ्रेन्चाइज टोलीमा आबद्ध भएर उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका वार्नरले एनपिएलमा पहिलो खेलमै विस्फोटक ब्याटिङ गर्ने अपेक्षा थियो ।

काठमाडौं गोर्खाजले उनलाई नेपाल आगमन भएको दोस्रो दिनमै प्लेइनिङ ११ मा सवावेश गर्यो । बायाँहाते ब्याट्सम्यान वार्नर त्रिवि क्रिकेट मैदानमा प्रवेश गरेपछि आकषर्णको केन्द्रविन्दु बनेका थिए । फिल्डिङका क्रममा उनले कर्णालीका अरिफुल इस्लामको क्याच लिएका थिए । जब काठमाडौंको ब्याटिङ पालो आयो । सबैका ध्यान वार्नरतर्फ तेर्सिएको थियो । काठमाडौंले नियमित ओपनर स्मित पटेलसँगै उनलाई क्रिजमा पठाएको थियो । आक्रामक ब्याटिङ थालेका वार्नरले केवल १६ रन मात्र जोडे । उनले १० बलमा तीन चौका प्रहार गरेका थिए । विश्वप्रसिद्ध ब्याट्सम्यान वार्नरको विकेट सोमपाल कामीले बोल्डका रूपमा लिए । वार्नर आउट हुँदा काठमाडौंले १.६ ओभरमा १८ रन जोडेको थियो ।

जिसनले बनाए सात रन
कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याट्सम्यान जिसन अलामलाई टोलीमा अनुबन्ध गर्यो । उनले सोमबार काठमाडौं गोर्खाजविरुद्ध ओपनिङमै अवसर पाए । तर, जिसनको एनपिएल डेब्यु राम्रो भएन । उनले केवल पाँच बलमा एक छक्का प्रहार गरी सात रनको योगदान दिए । इनिङ्सको १.६ ओभरमा करण केसीले उनलाई क्याचआउट गराए ।

कर्णाली याक्स स्पोर्टस् प्रालिले आइतबार जिसनलाई टोलीमा भिœयाएको थियो । उनी कर्णालीमा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन् । जिसनले लिस्ट ‘ए’का ४९ खेलमा एक हजार २९५ रन बनाएका छन् । उनले २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७१ रन जोडेका छन् ।

२१ वर्षीय ब्याटिङ अलराउन्डर जिसनले बंगलादेशको यू–१९ टोली हुँदै ‘ए’ टोलीबाट समेत खेलिसकेका छन् । उनले बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र राजशाहीबाट पनि खेलेका छन् । जिसनले लिस्ट ‘ए’ क्रिकेटमा ४९ खेल खेल्दै एक हजार २९५ रन बनाएका छन् । त्यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ५७१ रन बनाएका छन् ।

सुझावित समाचार