१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल नामिबियासँग दुई विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

नामिबियाले आइसिसी विश्वकप लिग– २ अन्तर्गत बुधबार चौथो खेलमा घरेलु टोली नेपाललाई दुई विकेटले हराएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रनको मध्यम योगफल बनाएको थियो।

प्रत्युत्तरमा नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । नामिबियाका लागि जेजे स्मिटले ललित राजवंशीको ओभरमा विजयी चौका प्रहार गरेका थिए । जितसँगै नामिबियाले तीन खेलबाट चार अंक बटुलेको छ । नेपालले तीन खेलबाट दुई अंक जोडेको छ।

नामिबिया शीर्ष स्थानमा छ। नामिबियाका लागि स्मिटले ६६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३४ रन बनाए । यसैगरी, कप्तान गेरार्ड रास्मुसले ५६ बलमा आठ चौका र दुई छक्काको सहयोगमा ५२ रन जोडे । माइकल भानले ३४ बलमा ३१ रन बनाए ।

उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । नेपालको बलिङमा कुशल भुर्तेलले पाँच ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित राजवंशी र कुशल मल्लले समान एक विकेट लिए । यसअघि ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउन आठ चौका र एक छक्का प्रहार गरे।

मध्यक्रममा कुशल मल्लले ५२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३६ रन र भीम सार्कीले २६ रनको योगदान दिएका थिए । बलिङमा बर्नान्ड स्कोटजले ३१ रनमा चार र जान निकोलले ३४ रनमा चार विकेट हात पारेका थिए ।