१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भीम पनि पेभेलियन फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

त्रिवि क्रिकेट मैदानमा बर्नार्न्ड स्कोल्ट्जको घातक बलिङ चलिरहेको छ । नेपाल र नामिबियाबीचको आइसिसी विश्वकप लिग– २ को चौथो खेलमा बायाँहाते स्पिनर स्कोल्ट्जले नेपालविरुद्ध उत्कृष्ट बलिङ मात्र गरेका छैनन्, उनले घरेलु टोलीलाई निकै कमजोर अवस्थामा राखेका छन् ।

उनले आफ्नो स्पेलको अन्तिम बलमा सेट ब्याट्सम्यान भीम सार्कीको विकेट लिएका छन्। उत्कृष्ट स्पिन बलिङमा स्कोल्ट्जले भीमलाई बोल्ड गरे । भीमले ३६ बलमा तीन चौकाको सहयोगमा २६ रन बटुले ।

स्कोल्ट्जले १० ओभरमा दुई मेडनसहित ३१ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यसअघि उनले नेपालका कुशल भुर्तेल, आसिफ शेख र अनिल शाहको विकेट लिएका थिए । नेपाल ३६ ओभरको समाप्तिसम्म १६७/९ को अवस्थामा छ ।