१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महासमिति बैठक : विभिन्न प्रतिवेदनमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा मंगलबार प्रस्तुत प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुँदै छ ।

बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले  बताए । 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव अर्का महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पेस गरेकाे आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन प्रस्तावमा समूहगत छलफल हुँदै छ ।