Skip This
‘डिग्री माइला’को टिजर सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ७ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘डिग्री माइला’को टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार १८:oo:oo

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक भएको छ। टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खल जाँच लिएको देखाइएको छ। 

टिजरमा दयालाई आँचल शर्मासँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। बाँसुरी फिल्म्सकाे ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

चलचित्रमा दया र आँचलसहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ। यो चलचित्र नेपाली नयाँ वर्षमा रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। यस्तै, चलचित्रलाई  शिवराम श्रेष्ठ तथा राइली एस सिनले खिचेका छन्।