१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
आइतबार भएको अन्तिम क्वार्टरफाइनलमा आर्मी र आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति भिड्दै । तस्बिर : पाेष्टराज अधिकारी/नयाँ पत्रिका ।
२o८१ बैशाख २१ शुक्रबार १९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फराकिलो अन्तरले आयोजकलाई पन्छाउँदै आर्मी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३९:oo

आयोजकलाई पन्छाउँदै विभागीय टोली नेपाल त्रिभुवन क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

आइतबार भएको अन्तिम क्वार्टरफाइनलका खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई ४–० को फराकिलो अन्तरले हराउँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।

आर्मीको जितमा जिलेस्पीजँग कार्की, रास बुढामगर, फत्तेमान घले र कमल थापाले एक–एक गाेल गरे। पहिलो हाफमा एक गोल गरेको आर्मीले आयोजकविरुद्ध थप तीन गोल दोस्रो हाफमा गरेको हो। आइतबारको खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। 

जितसँगै सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेल मंगलबार हुनेछ। सेमिफाइनलको पहिलो खेल भने सोमबार हुनेछ। सो खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। 

प्रतियोगिताको फाइनल खेल १० फागुनमा हुनेछ। प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

ad
ad