मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रूपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका छन्।  

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय बासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिबद्ध छ।’

चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका कामहरू सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमार्फत चुरे र मधेश संरक्षणका अरू पनि कार्यक्रमहरू वार्षिक रूपमा सञ्चालन भइरहेको बताए। 

‘अर्थतन्त्रका प्रायः सूचकहरू सकारात्मक छन्, तर केही क्षेत्रमा अझै चाप रहेको छ । अर्थतन्त्रमा देखापरेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कृषि, पशुपक्षीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम सात सय ५३ वटै पालिकामा कार्यान्वयन गर्ने गरी अघि बढाइँदै छ। स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी–स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवेदन दिन सक्ने गरी नयाँ व्यवस्था गरिँदै छ।’