१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एनआरटी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४o:oo

जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । प्रतियोगिताको बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा एनआरटीले जनजागृतिलाई १–० ले निराश पार्दै अन्तिम चारको स्थान पक्का गरेको हो ।

एनआरटीको जितमा मोहित गुरुङले एक मात्र गोल ३१औँ मिनेटमा फ्रिकिकबाट गरेका थिए । खेलमा उनले नै म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ जिते । प्रतिस्पर्धामा दुवै टोलीबाट गोलका लागि प्रयास भएका थिए । जनजागृतिले मध्यान्तरपछि खेलमा सुधार गरेको थियो । यद्यपि बराबरी गोल फर्काउन सकेन । खेलको ७१औँ मिनेटमा जनजागृतिका सेरव तामाङले गोलरक्षक प्रिसोविरुद्ध वान भर्सेस वानको अवस्थामा समेत गोल गर्न चुके । खेलको ८४औँ मिनेटमा जनजागृतिले सहज गोल अवसर खेर फाल्यो ।

फाइनल प्रवशेका लागि अव एनआरटीले जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो क्वार्टरफाइनल एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ad
ad