१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

स्कार्पियोको ठक्करबाट दिदीबहिनीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४o:oo

स्कार्पियोको ठक्करबाट दाङमा साइकलमा यात्रा गरिरहेका दिदीबहिनीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ मा प्र ३–०१–०२२ च १३६९ स्कार्पियोले ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका १, गोवडी घर भई हाल राप्ती गाउँपालिका– ८ पिपरी बस्दै आएका ३५ वर्षीय राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार ठक्करबाट घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो । रिया सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत थिइन् । दिदीबहिनी एउटै साइकलमा सवार थिए ।  


 

ad
ad