मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजविराजले फिर्ता पठायो प्रमुख प्रशासकीय अधिकृत

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:o३:oo

सप्तरीको राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। राजविराज नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हाे।

गत १९ माघमा बसेको बैठकले १ फागुनदेखि लागू हुने गरी उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हो।

नगर प्रवक्ता  जयनारायण मण्डलले अधिकृत गुरुङलाई फिर्ता पठाइएको जानकारी दिए। कार्यवाहक मेयर इसरत प्रविनले समयमा काम नगरेको,  कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढाउने काम गरेकाले अधिकृतलाई फिर्ता पठाएको बताए। प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको प्रतिक्रिया दिए।

उनले भने, ‘मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफैँ जान्थेँ। तर, जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिनँ। म यो निर्णयविरुद्ध न्यायका लागि अदालतसम्म जानेछु।’