मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असार २८ शनिबार २o:o७:oo
Read Time : > 1 मिनेट
समाचार

हटेन मधेशको बजेटमाथिको दलीय किचलो, एक साताको लागि प्रदेश सभा स्थगित 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार २o:o७:oo

मधेश सरकारसँग आर्थिक वर्ष ०८२/०८३ को बजेट पास गराउन एक साताभन्दा पनि कम समय रहे पनि राजनीतिक दलहरूबिचको असहमतिका कारण बजेटमाथि छलफल हुन सकेको छैन । 

बिहीबार बसेको प्रदेश सभाको बैठक पनि बजेटमाथि छलफल नहुँदै १० मिनेटमै स्थगित हुन भएको छ । २२ असारदेखि निरन्तरत बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक बस्दै आए पनि विपक्षी दलहरूको अवरोधका कारण आज पाँचौपटक पनि बैठक स्थगित भएको छ । 

बजेटमा बिचौलिया हाबी भएको तथा असमान वितरण गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरुले पुर्नलेखनको माग गर्दै आएका थिए । आज प्रदेश सभाको बैठकअघि सत्ता पक्ष र विपक्षी दलहरुबिच भएको छलफलमा बजेटमा भएको त्रुटि सच्चाउने विषयमा प्रदेश सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्य कार्यकाल गठन गर्ने विषयमा सहमति भएको थियो । 

सहमतिअनुसार सभामुख मण्डलले सभाको बैठकमा कार्यादलका सदस्यहरूको नामावली सार्वजनिक गरेपछि त्यसको विरोध गर्दै विपक्षी दलहरुले पुनः बैठक अवरुद्ध गरेका थिए । उनीहरूले कार्यादलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखेकोमा आपत्ति जनाउँदै बैठकमा अवरोध गरेका थिए । त्यसपछि सभामुखले १० मिनेटको लागि बैठक स्थगित गरेका थिए । 

कार्यदलमा सत्ता पक्षबाट भौतिक पूर्वाधारमन्त्री तथा एमालेका संसदीय दलका नेता सरोज यादव र कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र विपक्षी दलका जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादीबाट जवाहरलाल कुशवाहा र एकीकृत समाजवादीबाट कनिष पटेललाई राखिएको छ । 

१० मिनेटको लागि बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि आगामी शनिबार दिउँसो १ बजेसम्मका लागि पुनः स्थगित गरिएको हो । 

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्यदलमा एमालेका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेको भन्दै आपत्ति जनाएका थिए । सरकारले ल्याएको बजेटमाथि छानबिन गर्न कार्यदल गठन भएकोमा त्यसमा मन्त्रीलाई सदस्य राख्नु उपयुक्त नभएको उनको भनाइ थियो ।

यता, मुख्यमन्त्री सतीशकुमार सिंहले पूर्वसहमतिअनुसार नै कार्यदलका लागि नाम पठाएको बताए । उनले प्रतिपक्षी दलले सहमति तोड्न खोजेको आरोप लगाएका थिए । सभामुखको संयोजकत्वमा सत्ता पक्षबाट दुई जना र विपक्षी दलबाट ३ जना गरि ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो मुख्यमन्त्री सिंहले बताए । उनले भने, ‘कार्यदलमा मन्त्री नराख्ने कुरा भएको थिएन, यस्तोमा मन्त्रीको नाम राख्दा विपक्षी दलहरुले अनावश्यक बखेडा झिकेर सभाको बैठक नै अवरुद्ध गरिरहेको छ ।’ शनिबार पुनः विपक्षी दलहरुसँग कुराकानी गर्ने र सहमतिमा नआएपछि सरकारले बहुमतले बजेट पास गर्ने मुख्यमन्त्री सिंहले बताए ।  

१ असारमा आएको बजेटमाथि ११ असारमा एक दिन मात्र छलफल भएको थियोे । त्यसबाहेक अहिलेसम्म छलफल हुन सकेको छैन । १२ असारमा बजेटमाथि छलफलको लागि राखिएको सभाको बैठक मुख्यमन्त्री सिंहले सार्न सभामुख मण्डलसँग अनुरोध गरेपछि स्थगित भएको थियो । त्यसपछि २२ असारदेखि सुरु भएको सभा बैठक स्थगित हँुदै आएको छ ।