१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासमिति बैठकमा कांग्रेस सुधारका १५ बुँदे संकल्प प्रस्ताव पेस गर्दै शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

नेपाली कांगेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीकाे महासमिति बैठकमा १५ बुँदे दबाबमूलक प्रस्ताव पेस गर्ने भएका छन्।

शाहीले गठबन्धन नगर्ने, आमनिर्वाचनको दुई वर्षअघि महाधिवेशनको सुनिश्चितता, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा कांग्रेसको नीति बन्नुपर्नेलगायतका प्रस्ताव बैठकमा पेस गर्न लागेका हुन्।

नीति अधिवेशनसमेत गर्ने गरी कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्दै छ। बैठकमा आफूले एक व्यक्तिलाई एक जिम्मेवारी, अवसरको समान र न्यायोचित वितरण, नेतादेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनका लागि आयोग गठनलगायतका विषयमा प्रस्ताव पेस गर्न लागेकाे शाहीले जानकारी दिए।

उनले प्रतिनिधिसभाको निर्वाचन प्रणालीमा परिवर्तनको प्रस्तावसमेत गर्ने भएका छन्। प्रतिनिधिसभाको निर्वाचनमा सबै सिट प्रत्यक्ष तथा राष्ट्रिय सभालाई समानुपातिक र समावेशी बनाउन उनको प्रस्ताव छ।

साथै, कामका आधारमा पार्टीमा योगदान र कामका आधारमा मूल्यांकन प्रणालीको व्यवस्था गर्न जरुरी रहेको उल्लेख गरिएको छ। निर्वाचनमा टिकट वितरण गर्दा अनैतिक चलखेल नगरी केन्द्रको हस्तक्षेप पूर्णतः बन्द गर्नुपर्ने, स्थानीय तहको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितिले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नुपर्ने शाहीको प्रस्ताव छ।

पार्टीमा हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको सुनिश्चितता गरेर कांग्रेसलाई युवामैत्री पार्टी बनाउन पनि शाहीले प्रस्ताव लैजाने भएका छन्।