![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bhim-sarki2024-02-12-03-31-31.gif)
एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाविरुद्ध भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा दुई सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा भीमले ७८ बलमा पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । एकदिवसीय म्याचमा यो उनको चौथो अर्धशतक हो ।
यसअघि अनिल शाहले पनि क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् । अहिले दुवै क्रिजमा जमिरहेका छन् । यी दुईको सुदृढ ब्याटिङमा नेपालले उत्कृष्ट ढंगले लक्ष्य पछ्याइरहेको छ ।
नियमित रूपमा चौथो नम्बरमा ब्याटिङमा जाने गरेका भीमलाई आज नेपाली कोच तथा कप्तानले कुशल भुर्तेल आउट भएसँगै पठाएका थिए । सो निर्णयलाई सही साबित गर्दै भीमले सानदार ब्याटिङ गरिरहेका छन् ।