Skip This
नेपालले किन पायो अतिरिक्त पाँच रन ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडौं
२o८o माघ २९ सोमबार १४:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले किन पायो अतिरिक्त पाँच रन ?

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १४:१३:oo

एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाललाई क्यानडाले दुई सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपालले सुरुमै पाँच रन पाएको थियो । कुशल भुर्तेलले पहिलो ओभरमा एक चौका प्रहार गरेका थिए । 

यसपछि क्रिकेटप्रेमी नेपालको खातामा पहिलो ओभरम नाै रन देखेपछि छक्क परे । तर, क्रिकेट नियमअनुसार नेपालले अतिरिक्त पाँच रन पाएको थियो । 

नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गर्नुअघि नै पाँच रन पेनाल्टी पाएको थियो । क्यानडाका कप्तान साद विन जाफरले पिचमा दुईपटक हिँडेपछि रेफ्रीले पेनाल्टी लिएका हुन् । 

अम्पायरले क्यानडाका कप्तानलाई ४९औँ ओभरमा दुईपटक चेतावनी दिँदा पनि पिचमा हिँडेपछि कारबाही गरिएको हो ।