१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बुढानीलकण्ठ नगरपालिकामा दुईदिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते महोत्सव हुने भएको हो।

साहित्यकार तथा संस्कृतिविद्हरू, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महाशाखा–शाखा प्रमुख, कर्मचारीलगायतको उपस्थितिमा एक कार्यक्रममार्फत महोत्सवको संयोजकसमेत रहेकी उपप्रमुख अनिता लामाले महोत्सवबारे जानकारी दिइन्।

महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए।

पहिलो दिन फागुन ११ गते बुढानीलकण्ठ– १३ स्थित चुनिखेल र दोस्रो दिन बुढानीलकण्ठ मन्दिरपरिसरमा महोत्सव आयोजना हुनेछ। महोत्सवमा दर्जनौँ राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायतको उपस्थिति रहने बताइएको छ।

विभिन्न नगरपालिका प्रमुखहरूबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरूलाई समेट्दै अन्तर्क्रियात्मक कार्यक्रमहरू महोत्सवमा समेटिएका छन्। सांस्कृतिक सदभाव र सम्भावनाको आदानप्रदान गर्ने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरूको प्रस्तुतिसमेत समेटिने बताइएको छ।