Skip This
सुर्ती तथा मदिरा उत्पादक कम्पनीले प्रायोजन गर्ने भएपछि विरोध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २८ आइतबार १८:४६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुर्ती तथा मदिरा उत्पादक कम्पनीले प्रायोजन गर्ने भएपछि विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १८:४६:oo

नेपाल लिट्रेचर फेस्टिभल सुर्तीजन्य पदार्थ तथा अल्कोहल उत्पादक कम्पनीले प्रायोजन गर्न लागेको भन्दै विरोध भएको छ। जनस्वास्थ्यमा असर पुर्‍याउने वस्तु उत्पादक कम्पनीलाई प्रायोजक बनाउन लागिएको भन्दै एक्सन नेपालले विरोध जनाएको हो।

फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुन लागेको यस वर्षको नेपाल लिट्रेचर फेस्टिभलको प्रायोजन चुरोट उत्पादक कम्पनी सूर्य नेपाल र खुकुरी रमको उत्पादक कम्पनीलाई दिन लागिएकोमा उक्त संस्थाले विरोध जनाएको हो।

जनस्वास्थ्यमा असर पुर्‍याउने वस्तु उत्पादक कम्पनीलाई प्रायोजक बनाउन नहुने र सो कम्पनीको कुनै पनि प्रचारात्मक सामग्रीहरूलाई स्थान दिन नहुने कानुनी व्यवस्था उल्लेख गर्दै संस्थाले कार्यक्रममा प्रायोजकको नाम हटाउन माग गरेको छ।

ठूलो भेलामा हुने सो कार्यक्रममा मदिरा तथा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको नाम राख्दा त्यसले गलत अर्थ दिने र कानुनविपरीत उनीहरूको व्यापारसमेत प्रमोसन गर्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थ तथा मदिरा उत्पादक कम्पनीको मुख्य प्रायोजनमा हुन लागेको नेपाल लिट्रेचर फेस्टिभल २०२४ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कानुनको बर्खिलाप हुने गरी कार्यक्रम नगर्न आयोजक संस्था बुकवर्म फाउन्डेसनको ध्यानाकर्षण गराउन चाहन्छौँ।’