१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस काठमाडौं
२०८० माघ २६ शुक्रबार १६:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० माघ २६ शुक्रबार १६:३९:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन्। अदालतले ०७४ चैत ७ गते उक्त आदेश दिएको थियो।

संसदमा रहेका राजनीतिक दलसँग शुक्रबार आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा  गत असार १८ गते नेपाल सरकार, गृह  मन्त्रालयमा पेस गरिए पनि हालसम्म सदनमा प्रस्तुत नभएको बताए।

उनले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिए।