१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२७.३४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२१:oo

चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा अपि पावर कम्पनीले सात करोड ९४ लाख ५३ हजार नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.३४ प्रतिशतले बढी हो । 

गत आवको सोही अवधिमा कम्पनीले ६ करोड २३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीमार्फत ६२ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको भन्दा १२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ४२ लाख ५० हजार आम्दानी गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.२५ प्रतिशतबाट २.७५ प्रतिशतमा खुम्चिएको छ । विशेष गरी चुक्ता पुँजीमा आएको वृद्धिले नाफा बढे पनि प्रतिसेयर आम्दानी नबढेको कम्पनीको भनाइ छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०३.३१ रुपैयाँ पुगेको छ । 

ad
ad