मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १५:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष सेवा थप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियू) सेवा सुरु भएको छ।

परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’को पहिलो तला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तलाबाट यो सेवा प्रदान गर्न सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए।

सेवा विस्तारका क्रममा बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले कक्षको उद्घाटन गर्दै मन्त्रालयले प्रादेशिक अस्पतालको सेवा विस्तार र गुणस्तरीय बनाउन लागिपरेको बताए। 

उनले अस्पतालमा सेवा सहज बनाउन, बिरामीको आत्मबल बढाउन तथा विश्वास बढाउने गरी सेवा दिन स्वास्थ्यकर्मीहरू लागिपर्नुपर्नेमा जोड दिए। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाप्रति विश्वास बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए। 

मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न  अड्चन हटेको बताउँदै अब कामले गति लिने बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआइसियूले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास पनि उनले व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए। उनले सरकारले आवश्यक स्वास्थ्यकर्मी तथा बजेटका लागि मन्त्रालयले सक्दो सहयोग गरिरहेको भन्दै गुनासो नआउने गरी सेवा दिनुपर्ने धारणा राखे।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा. विनोद गिरीले बर्थिङ सेन्टरको बेड बढाउँदै लैजान सुझाव दिँदै गुणस्तरीय सेवामा ध्यान दिन सुझाव दिए। बालरोग विभाग प्रमुख डाक्टर  किरणमणि पौडेलले गुणस्तरीय सेवामा आफूहरूको विशेष ध्यान जाने धारणा राखे।

अस्पतालका प्रसूति विभाग प्रमुख डाक्टर भक्त बस्यल (बिबी) राउतले सुविधा थप्दा जनशक्ति थपिने भएकाले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासकीय अधिकृत राजन केसीले पनि अस्पतालबारे धारणा राखेका थिए।